१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर बजार १६ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा साेमबार रु. ७९ करोड ३ लाख ४३ हजार १७५ मूल्य बराबरको सेयर कारोबार भएको छ।

कुल १३६ कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिनको तुलनामा १६.६२ अङ्कले बढेको नेप्से आज एक हजार ७८० बिन्दुमा पुगेको हो।

‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३.६६ बिन्दुले उकालो लागेको छ ।

स्टकका अनुसार आज अन्य समूहबाहेक सबै समूहको सेयर कारोबार उकालो लागेको छ । बैंकिङ १.०६, होटल १.२१, विकास बैंक ०.६१,जलविद्युत् ०.२५, फाइनान्स १.२१ र उत्पादन समूह ०.३ प्रतिशतले बढेको छ भने अन्य समूहको सेयर भने ०.२२ प्रतिशतले घटेको स्टकले जनाएको छ। रासस

प्रकाशित: १७ आश्विन २०७३ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App