५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कोशी एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगरमा आयोजना हुने कोशी एक्स्पोको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागिहरू। तस्बिरः नागरिक

विराटनगरमा माघ १९ देखि आयोजना हुने ‘सीएनआई कोशी एक्स्पो’को तयारी अन्तिम चरणमा पुगेको  छ। नेपाल उद्योग परिसंघ प्रदेश १ ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्स्पाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

एक्स्पोले मन्दीको मारमा परेको  आर्थिक क्षेत्रलाई  सहयोग पुग्ने  आयोजक उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए। एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम)हरुमा उत्पादनका क्षेत्रहरु अनुसाल अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने उनले बताए। घिमिरेका अनुसार  आफ्नो उत्पादनको प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ।  ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्नेछन्। त्यसरी स्टल राख्ने उद्यमिका लागि सम्बन्धीत स्थानीय तहले एक्स्पोको प्रवद्र्धनमा सहयोग गर्नेछन्। एक्स्पोमा  उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

यस्तै एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने  छन्। यस्तै  भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको घिमिरेले बताए । घिमिरेले भने ‘नेपालका मात्रै नभईं भारतका सीमावर्ती प्रान्तबाट पनि ५० हजार बढी अवलोकन कर्ताहरू एक्स्पोमा आउने छन्। ’ एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ। विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यव्स्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावत र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ।

एक्स्पोमा बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ। साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ। एक्स्पोमा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ। एक्स्पोमा देश तथा विदेशका गरी ३ लाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आयोजकको छ।  एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगडए र म्याजिक जुत्ताचप्पल रहेको छ।

यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृत नेपाल रहेका छन्। माघ १९ गते देखि आयोजना हुने एक्स्पो माघ २८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रकाशित: १६ माघ २०७९ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App