९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बुटवल पावर कम्पनीको ३० औं साधारणसभा

बुटवल पावर कम्पनीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्मज्योतिको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।  

सभाले शेयरधनीलाई आव २०७८/७९ को खुद मुनाफा तथा सञ्चित नाफावाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा ५ प्रतिशत बोनस शेयर जारी गर्नेलगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्ताव पारित गरेको छ ।  

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार कायम हुने जनाएको छ।

प्रकाशित: ३ माघ २०७९ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App