२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंंकको २१ औं वार्षिक साधारणसभा

महालक्ष्मी विकास बैंककोे २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सो साधरणसभा सम्पन्न भएको हो। यस्तै आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।

यसै गरी साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साथै साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ।  

सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्न जे बि राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिकसमेत अनुमोदन गरेको छ भने बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित: १ माघ २०७९ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App