२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

१७ औं पथ प्रदर्शक दिवस सम्पन्न

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले १७ औं वार्षिक राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक दिवस मनाएको छ।  

पासङ ल्हामु स्र्पोट्स क्लाइम्बिङ सेन्टरमा भएको कार्यक्रममा संघका अध्यक्ष आङ नोर्बु शेर्पाले संघ पर्वतारोहण प्रशिक्षणका क्षेत्रमा काम गर्ने संस्था भएकाले अन्तर्राष्ट्रियस्तरमै मान्यता पाउने पाठ्यक्रमलाई अबलम्बन गरेको बताए। संघले ‘व्यावसायिक माउन्टेन गाइडका लागि उपयोगी पाठ्यक्रम बनाएको बताउँदै उनले भने ‘यो पाठ्यक्रम विश्वव्यापी रूपमा सबै देशमा लागु हुन्छ। यही पेशामा आफ्नो भविष्य खोज्न चाहने जोकोहीले यो पाठ्यक्रम अध्ययन गर्न सक्छ।’

यस्तै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी अध्यक्ष रूद्रप्रसाद चापागाईंले पथ प्रदर्शक संघ र पर्वतीय प्रतिष्ठान पर्वतारोहणक्षेत्रसँग सम्बन्धित संस्था भएका कारण यसको विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘संस्थाको विकासका लागि एउटा पद्धति निर्माण गर्न सके सधैंका लागि उपयोगी हुन्छ, त्यसतर्फ हामी सबैले विशेष ध्यान पु¥याउनु जरुरी छ।’

कार्यक्रममा संघले ४ अन्तर्राष्ट्रिय माउन्टेन गाईड (हिमाल पथ प्रदर्शक) र ६ आकांक्षी (एस्पाइरेन्ट) गाइडलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको थियो। यसका साथै कार्यक्रममा ‘एस्पाइरेन्ट गाइड कोर्ष’को प्रवेश परीक्षामा उत्तीर्ण हुने १३ नयाँ प्रशिक्षर्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।

नेपाल राष्ट्रिय पथ प्रदर्शक संघ अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक महासंघको प्रतिनिधि सदस्य राष्ट्र हो । पथ प्रदर्शक संघ नेपालको व्यावसायिक पर्वत पथप्रदर्शन गर्ने गैर–नाफामुखी संस्था हो । साथै यो पर्वतारोहणमा संलग्न जनशक्तिलाई एकताबद्ध गर्ने उद्देश्यका साथ स्थापना गरिएको जानकारी संस्थाका प्रशासकीय अधिकृत शोभित कुँवरले बताए।  

प्रकाशित: १३ पुस २०७९ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App