२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट दिइने भएको छ। बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थासँग सम्झौता गरेको हो।

सम्झौता पश्चात् बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सम्झौता अनुसार बैंकका ग्राहकले टेस्ला डाइगोन्टिकमा अधिकतम १० प्रतिशत र दृष्टि आई केयरमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ५ पुस २०७९ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App