१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

पोखरा- पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।

सडक स्तरोन्नतिगर्ने चाहनाअनुरुपचिनियाँप्राविधिकको एक टोलीले केहीमहिनाअघि नै यो सडकको सर्भे समेत गरिसकेको छ। सडकखण्डको बेनी–जोमसोम (७२ किलोमिटर) पूरै कच्ची रहेको सडकलाई कालोपत्रे गर्न र पोखरा–बेनीसडक खण्ड मर्मतसम्भार गर्न चिनियाँलगानीकर्ता इच्छुक देखिएको सडक डिभिजन कार्यालय बागलुङकाप्रमुख राजेशप्रसादपौडेलले जानकारीदिए।

'बेनी–जोमसोम खण्डकालोपत्रे गर्ने योजनाअनुसार चिनियाँलगानीकर्ता एक्जिम बैंकले खटाएका प्राविधिकआएर सर्भे गरेर फर्केका छन्,' पौडेलले भने, 'एक्जिम बैंकले लगानीगर्नेगरीप्राविधिकले सडकको अवस्थाबुझेर फर्केका छन्, आशा गरौं, सडक छिट्टै स्तरोन्नतिहुनेछ।' पौडेलकाअनुसार चिनियाँलगानीकर्ताले चासो देखाएपछि सरकार आफैंले स्तरोन्नतिगर्नेतयारी गरेको कामसमेत रोकिएको छ। सडकविभागले यो सडकको विस्तृत अध्ययनप्रतिवेदन(डिपिआर) तयार पारेको थियो। चिनियाँले चासो देखाएपछि सरकारले केही समयकालागिकाम रोकेको उनले बताए।

'चिनियाँलगानीकर्ता आउने सम्भावनाबढेपछि सरकारले आन्तरिक प्रक्रिया रोकेको छ। चिनियाँलगानीकर्ता आएनभनेमात्रसरकारले आफ्नो तरिकाले काम अघि बढाउँछ,' उनले भने।विभागले डिपिआर तयार पार्दा ७२ किलोमिटर सडक कालोपत्रे गर्न करिब ४ अर्ब ५० करोड रुपैयाँलागतअनुमान गरेको थियो।

जोमसोम प्रवेश मार्गमास्तरोन्नतिनगरी माथिल्लो क्षेत्रमामात्र सुधार ल्याउँदापहुँचसहजनहुने पौडेलले बताए। 'प्रवेश मार्ग अप्ठेरो, तर माथिल्लो क्षेत्र सहजभएर खासै अर्थ राख्दैन। माथिल्लो क्षेत्रमा ४ अर्ब खर्चंदा तल्लो क्षेत्रलाई पनिविशेष महŒव दिनुपर्छ,' पौडेलले भने।

उनकाअनुसार बेनी–जोमसोम सडक स्तरोन्नतिहुँदा ९ मिटर फराकिलो हुनेछ। त्यसमध्ये ७ मिटरमा गाडी गुड्नेछन् भने दुई मिटर नालाकालागि छुट्याइनेछ। '७ मिटर फराकिलोकालोपत्रे सडकमा सहजैदुईवटा गाडी गुड्छन्,' उनले भने, 'केही समयकालागिपर्ख र हेरको अवस्थाहो। चिनियाँलगानीकर्ता आइहाले अझ राम्रो होला।' पोखरामा क्षेत्रीयअन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी गरेकाले पनिचीनजोड्ने यो सडक स्तरोन्नतिमाएक्जिम बैंकले चासो दिएको हुनसक्ने उनले बताए।

'नेपाल र चीनबीचद्विपक्षीयव्यापारकालागिपनि यो सडकको महŒव रहेको छ,' पौडेलले भने। बेनी–जोमसोम सडक अहिले कच्ची छ। कालीगण्डकी किनार हुँदै जाने सडककच्चीहुँदा वर्षायाममा सवारी आउजाउमानिकै समस्याहुने गरेको छ। वर्षाका बेला ठाउँठाउँमा बाटो अवरुद्ध हुँदाहिमालपारिको जिल्ला मुस्ताङसँग पोखराको सम्पर्क टुट्दै आएको छ।

पोखरा–जोमसोममै पर्ने बाग्लुङसम्मको सडक खण्डका लागिपनिचिनियाँप्राविधिकले सर्भे गरेको डिभिजन सडक कार्यालय पोखराकाप्रमुखनरेन्द्र सुवेदीले बताए। '३ महिनाअघि नै चिनियाँप्राविधिकले यो सडकको अध्ययन गरेकाहुन्। लगानीगर्नेचाहनाभएकैले उनीहरु अध्ययनगर्न आएकाहोलान्,' सुवेदीले भने, 'पहिले पनिचीनले नै बनाइदिएको सडक भएकाले दोहोर्‍याएर मर्मतसम्भार गर्नमाचिनियाँको चाँसो पुगेको हुनसक्छ।'

उनकाअनुसार चिनियाँलगानीकर्ता नआएपनि यो सडक जतिसक्दो छिटो मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छ। पोखरा–बागलुङ राजमार्गको काँडेदेखिनयाँपुलसम्मको करिब १२ किलोमिटर मार्ग सबैभन्दा बढी क्षतविक्षत छ। सडकमा ठूला–ठूला खाल्डा परेका छन् भने कतिपय ठाउँमा कालोपत्रे समेत उप्किएको छ। 'यो सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामापुगेको छ। अब खाल्डाखुल्डी पुरेर हुनेवाला छैन,' सुवेदीले भने, 'वर्षमा २/४ करोड रुपैयाँखर्चेर सडक सुधि्रने अवस्थामा छैन। सडकको केही खण्ड पूरै नयाँबनाउनुपर्ने अवस्थामा रहेको उनले बताए। 'सिंगल लेनको सडकको केही खण्ड निकै नाजुक छ। अब सामान्यमर्मत गरेर हुने अवस्थामै छैन,' सुवेदीले भने।

अत्यन्तै नाजुकबनिसकेको सडकमा जुनसुकै बेला ठूलो दुर्घटना हुने खतरा बढेको छ। सडकमा परेका खाल्डामा वर्षायाममापानीजम्ने हुँदाझनै खतरा छ। कालोपत्रे सडक भास्सिएर खाल्डा परेका छन्। दोहोरो यातायात सञ्चालनहुने उक्त सडकमा कतिपय ठाउँमा एकतर्फी मात्र सवारी चल्न सक्छन्। सडकमा धुलो उड्नाले हिउँदमाअघिपछिका सवारी देख्न समेत मुस्किल पर्छ।काँडेदेखि नयाँपुलसम्मआधा घन्टामा पार गर्न सकिने दुरीलाई एक घन्टाभन्दा बढी समय लाग्छ।

पोखरा–बागलुङ राजमार्ग करिब २५ वर्षअघि चीनसरकारको सहयोगमाबनेको हो। चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्तमार्गहुँदै धौलागिरीकापर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने सवारी आवतजावत हुन्छन्।

प्रकाशित: १४ असार २०७३ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App