२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
प्रवास

कोरोनाबाट अमेरिकामा अर्का नेपालीको निधन

कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। कनेक्टिकटमा एक नेपालीको निधन भएको हो। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको आज निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्। अमेरिकामा कोरोनाको कारण निधन हुने नेपालीको संख्या १४ पुगेको छ।

५६ वर्षिय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत रहेको बताइएको छ। कनेक्टिकटमा एक्लै बस्दै आएका ठकुरीको निधनपछि अहिले उनको परिवारसंग सम्पर्क गरी प्रक्रिया अघि बढाइएको जानकारी मेरिल्याण्डका राज्य सांसद (डेलिगेट) ह्यारी भण्डारीले दिएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७७ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App