१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

लण्डन- प्रजातन्त्र दिवसको अवसर पारेर नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको छ।  वेलफास्टमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसअवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरे। 

नेपाली दूतावास लण्डनको सक्रियतामा नर्दन आयरल्याण्डमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुबेदीले विश्वका जुनै कुनामा रहे पनि नेपाली कला, संस्कृति र संस्कार जोगाइराख्न आग्रह गरे। 

सुबेदीले नेपालीहरु बिश्वको जुनसुकै कुनामा रहेपनि नेपाली, भाषा, कला र संस्कृतिको जगेर्नाले नेपाल झल्किएको बताए।  नेपाली तथा आइसिर समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा बोल्दै राजदूत सुवेदीले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउंदै नेपाल सरकारले भ्रमण बर्ष २०२० मा लिएको लक्ष्य पुरा गर्न डायस्पोरामा रहेका नेपालीहरुको सहयोगको लागि आग्रह गरे।

कार्यक्रममा डियुपी नेतृ अर्लीनी फोष्टरले आफ्नो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबासले नर्दन आयरल्यण्डलाई बहुसांस्कृतिक हबका रूपमा रुपान्तरण गर्दै लगेको र यसले आफू र आफ्नो पार्टीलाई खुशी लागेको बताइन्।

नर्दन आयरल्यण्डस्थित स्थानीय राजनीतिज्ञ विकास चुडाल, गैरआवासीय नेपाली संघ (युके) नर्दन आयरल्यण्डका क्षेत्रीय अध्यक्ष लिलाराज निउरे, स्थानीय समाजसेवी नारायण कंडेल लगायतको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय नेपाली बालबालिकाले नेपाली नृत्य प्रस्तुत गरेका थिए।  

प्रकाशित: १० फाल्गुन २०७५ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App