५ आश्विन २०८१ शनिबार
image/svg+xml
प्रवास

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

 लन्डन - बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो। 

  पोखरेली मञ्च यूकेले  शुक्रबार  अल्डरसटमा च्यारिटी डिनर गरि संकलन गरि जम्मा भएको  उक्त रकम  सो म्याराथनलाई हस्तान्तरण गरिने गैर आवासीय नेपाल संघ युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले जनाए।

भूपू खेलाडी मञ्च पोखराको आयोजनामा हुने म्याराथनको सहयोगार्थ  गैर आवासीय नेपाली संघ यूके , संघका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, तमुधिं यूके, सहारा यूके लगायत संघसंस्था र व्यक्तिले सहयोग गरेका  छन्।  

एनआरएनए यूके  १ हजार पाउण्ड,  सहारा यूके ८६३ पाउण्ड, तमुधिं यूके ५० हजार रुपैयां, धम्पुस समाज यूकेको   ३ सय पाउण्ड सहयोग  सोहि  कार्यक्रममा हस्तान्तरण गरिएको थियो।   एनआरएनए यूकेको तर्फबाट सहयोग  संकलनमा पुनम गुरुङले सघाएकी थिइन्।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले सहयोगदाताप्रति आभार व्यक्त गरेका थिए।

यस अघि पोखरा रंगशालाको पर्खाल निर्माणमा  बेलायतबाट ५० लाख रुपैयां बढि खर्च संकलन भएको थियो।

 रिसल ब्रदर्श  व्याण्डको  लाइभ संगीत प्रस्तुती रहेको सो  च्यारिटी कार्यक्रममा   गायिकाहरु आंचल लामा, रबिन श्रेष्ठ, , देव गुरुङ, श्री गुरुङ,  शर्मिला बर्देवा भोजेन्द्र गुरुङले प्रस्तुति दिए।  

प्रकाशित: ३ पुस २०७५ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App