१२ मंसिर २०८१ बुधबार
image/svg+xml
प्रवास

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं – कोरियामा बुधबार एक नेपालीको मृत्यु भएको छ। उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए।

कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए। उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए। मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ।

शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए। नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको संख्या बढेको छ। गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो।

डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको संख्या डरलाग्दो रुपमा बढिरहेको उनले बताए। सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करिब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्।    (रासस)

प्रकाशित: ६ मंसिर २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App