१६ आश्विन २०८१ बुधबार
image/svg+xml
प्रवास

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

टोकियो-  नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

बुधबार सम्पन्न भएको सहमति पत्रमा जापानको लागि नेपाली राजदूत प्रतिभा राणा र गैरआवसीय नेपाली सघं जापानका अध्यक्ष टासि वाङदी लामाबीच यो वर्षदेखि नेपाल फेस्टिवललाई संयुक्त रूपमा आयोजना गर्ने विषयमा विभिन्न ९ बुँदामा सहमति भएको हो। सहमतिपत्र आदन प्रदान कार्यक्रममा नेपाली दुतावास टोकियाका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, टिएन गिरी, प्रेम बराल तथा गैरआवासीय नेपाली सघंको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, तथा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको उपस्थिती रहेको थियो। 

सहमती पत्र आदान प्रदानका क्रममा राजदूत प्रतिभा राणाले सहमतिले फेस्टिबल मार्फत जापानी नागरिकहरुलाई नेपालतर्फ आकर्षित गराउने विश्वास ब्यक्त गरिन्।

नेपालीको पहिचानसग गाँसिएको नेपाल फ़ेस्टिवल आयोजनामा दुतावास पनि आयोजकको रुपमा सम्मिलित फेस्टिबल अझ बढी प्रभावकारी र उपलब्धिमूलक बन्ने आयोजक मध्यका एक गैरआवसीय नेपाली सघंका अध्यक्ष टासी वाङदी लामाले बताए।

आगामी अगस्ट २५ र २६ तारिखमा आयोजना हुनलागेको फेस्टिबलमा फेस्टिबलको आयोजना र आर्थिक कारोबारको ज़िम्मा गैरआवसीय नेपाली सघं जापानले लिने र जापान सरकार तथा नेपाल सरकारसग संयोजन गर्ने  ज़िम्मा दूतावासले लिने सहमति भएको छ।

टोकियो स्थित सेतागाया कुमा रहेको कोमाजावा ओलम्पिक पार्कमा हुने दुई दिने फेष्टिवलमा नेपाली कला, सस्कृति र नेपाली खानाहरुको २० स्टलहरु रहने गैर आवासिय नेपाली संघले जनाएको छ।

 

प्रकाशित: १२ श्रावण २०७५ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App