४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

मुम्बइ- भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। 

कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु आठ जनालाई बुधबार अदालतले पत्रकारको हत्यारा ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो। 

अपराधसम्बन्धी विषयमा पत्रकारिता गर्दै मिड डे नामक पत्रिकामा आबद्ध रहेका ज्योतिरमय डेको सन् २०११ को जुन ११ का दिन हत्या भएको थियो। डेले आफ्नो बारेमा नकारात्मक लेखेको भनेर बेखुशी भएका राजनले डेलाई गोली हान्न आदेश दिएको अभियोक्ताहरुले बताएका छन्। 

भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा विषेश अदालतले हत्याको मुख्य दोषी राजनलाई नै मानेको छ। विश्व प्रेस स्वतन्त्रताको पूर्व सन्ध्यामा आदालतको यस्तो फैसला आएको हो । हरेक बर्षको मे तीन तारिखका दिन विश्वभरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ।

प्रकाशित: २० वैशाख २०७५ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App