३ मंसिर २०८१ सोमबार
image/svg+xml
प्रवास

अफ्रिकाका नेपाली तान्जानियमा

दार-ए-सलाम (तान्जानिया)- गैर आवासीय नेपाली संघ(एनआरएनए) अफ्रिका महादेशको दोस्रो बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु हुँदैछ । २ दिने बैठकमा अफ्रिका क्रियाशील रहेका सबै राष्ट्रिय समितिका प्रतिनिधिको सहभागिता रहने एनआरएनएका अफ्रिकाका संयोजक सुनिल कार्कीले बताए ।

अफ्रिका १५ वटा देशमा राष्ट्रिय समन्वय समितिको रहेका छन् । कार्यक्रममा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई र गैर आवासीय नेपाली संघसहित एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहने छ । संघको प्रत्येक वर्ष पुरै महादेशको राष्ट्रिय समन्वय समितिहरुको प्रतिनिधित्व हुने गरी बृहत बैठकको आयोजना गर्नु पर्ने व्यवस्था छ । रोजगारी र व्यापारमा प्रत्येक वर्ष नेपालीको संख्या बढ्दै गएपनि सरकारको त्यसअनुसारको सरकारको उपस्थिति जनाउन नसक्दा नेपालीले विभिन्न प्रकारको समस्या समाना गर्नु परेको एनआरएनएको कोषाध्यक्ष हिक्मत थापाले बताए ।

अफ्रिका महादेशको ५४ मध्ये निकै थोरै संख्या मात्रै बाँकी रहेको छ । तर पुरै अफ्रिका हेर्ने गरी नेपालको २ वटा मात्रै राजदूतावास रहेको छ । इजिप्ट र दक्षिण अफ्रिका दूतावास रहेको छ । इजिप्टको मध्यपूर्वको देशमा केन्द्रित रहेको छ । पछिल्लो समयमा रोजगारीको नाममा अफ्रिका पुर्या्एर अलपत्र पार्ने क्रम बढेको छ ।

मानव तस्करहरुको युरोप र अमेरिका पुर्याोउने भन्दै विभिन्न अफ्रिकी देशहरुले नेपालीहरुलाई प्रदान गर्ने अन एराइभल भिषाको दुरुपयोग गर्ने गरेका छन् । 'अफ्रिकामा नेपाल बाट अबैध रुपमा मानब ओसारप्रसार भई अलपत्र पारिने गरेको र नेपाली युबतीलाई समेत् नर्तकिको रुपमा अबैध रुपमा ल्याइ अप्ठ्यारोमा पार्ने गरेकोले यस्को समाधान कसरी हुन सक्छ छलफल गरी नेपाल सरकारलाई अनुरोध गर्ने छौं,' थापाले भने ।

प्रकाशित: ९ पुस २०७३ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App