मुलुकमा विश्वविद्यालयको संख्या बढेसँगै त्रिभुवन विश्वविद्यालयको शैक्षिक भार केही कम हुने विश्वास लिइएको थियो। तर, नयाँ विश्वविद्यालय खुल्दै गए पनि विद्यार्थीमाझ त्रिभुवन विश्वविद्यालयप्रतिको आकर्षण बढ्दै गएको देखियो।
राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ।