आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।
सरकारले अब सबै खाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ। यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो।
सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्।