कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।
आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो।