महागुरु फाल्गुनन्द र सत्यधर्म मुचुल्का
किरात धर्म दर्शनका महान् दार्शनिक, धर्मका पुनर्संस्थापक भगवान्रूपी १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुहिगुम अङसीमाङको जन्म २५ कात्तिक १९४२ आइतबार इभाङ चुक्चिनाम्बा डाँडागाउँ चारखोलामा भएको थियो। आत्मासाक्षात्कार पाएका बालकको ज्ञान, चेतना र दिव्यशक्ति फरक मात्रामा परिवर्तित प्रस्तुतिले ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षामा एकाएक परिवर्तन हुँदै साधनाले महान योगी, तपस्वी, ब्रह्मज्ञानी, माङधक कुधकका रूपमा महाज्ञान महासमाधि ज्ञान प्राप्त गरी सत्यहाङमा सत्यको महाराजाले उद्बोधन हुनुभई सत्यहाङमा साधु संज्ञाले सम्बोधित हुन पुग्नुभयो।