२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भोक र गरिबी

लघुकथा

सुरेन गुरुङ

झुपडीका बालबालिकाहरू भुईंमा उज्यालो खस्नेबित्तिकै हुरुहुरु कुदेर कुडादानीमा फ्याँकेका झुठा खानाहरू बटुल्न पुग्छन्। सबैले एकएक गाँस बाँडेर खान्छन्। घाम,पानी र धुले माटोसित घनिष्ठता छन् उनीहरूका।

रात भएर अँध्यारो खस्छ धरातलमा। फेरि झुपडीबाट ती नानीहरू उही कुडादानीमा झुठा बटुल्न पुग्छन्। यसरी झुपडीहरू सुनसान रातमा चुपचाप निदाउँछन्।

साथमा भोक र गरिबी पनि ती कुडादानीका झुठा खानाले अघाएर खुला आकाशको छानामुनि मस्त निदाउँछन्।

प्रकाशित: २० भाद्र २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App