२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

उँधो लड्न थालेपछि मुख्तियार हराउँछ रे

गजल

भिम राई  (माक्पाली कान्छा)

साथीले कसैकसैलाई मतियार बनाउँछ रे,

एक्लै नसक्ने देखेपछि हतियार बनाउँछ रे।

फुर्सदमा कहिल्यै नदेखिने बानी छ उसको,

जालझेल गर्नेहरूलाई अंशियार बनाउँछ रे।

साथीसँग असहज मानेर एक्लै रमाउँछ ऊ,

आफू चोखिन अरूलाई अख्तियार लगाउँछ रे।

चलखेल धेरै गरे गोलो हुन्छ गुच्चा जस्तै,

उँधो लड्न थालेपछि मुख्तियार हराउँछ रे।

प्रकाशित: १ भाद्र २०७९ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App