१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अभावमा लाचार मन दुखसम्म पुग्छ

गजल

विवेक दुलाल क्षेत्री

सडक बिस्तारै अर्को सडकसम्म पुग्छ,

अभावमा लाचार मन दुखसम्म पुग्छ।

प्रयोग नै हुन्नन्,नीति-नियम दैव जानून्,

भ्रष्टको मस्तिष्क सधैं लुटसम्म पुग्छ।

डिजिटल जमाना हिंड्छ खुशी लतारेर,

परिचित छ ऊ नबोलेर हुलसम्म पुग्छ।

आफ्नै लाश बनेका छन् अचेल मान्छे,

जिउँदो बनेर लालच चिहानसम्म पुग्छ।

तिमीलाई मन पराई मैले ठूलै गल्ती गरे,

तिम्रो चासो मलाई हेप्ने मतसम्म पुग्छ।

प्रकाशित: २५ श्रावण २०७९ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App