२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७८ प्रदान गर्ने भएको छ।

हास्य व्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ। साहित्यिक विधागत पत्रिकाअन्तर्गत ५० हजार राशीको बन्धु पन्त स्मृति सम्मान पुरस्कार वैजयन्ती साहित्यिक पत्रिकालाई प्रदान गरिने भएको छ।

उपन्यासतर्फको रामराज पन्त स्मृति सम्मान पुरस्कारअन्तर्गत २५ हजार रुपैयाँ राशीको पुरस्कार मीरा गोतामेलाई दिइने भएको छ। यसैगरी नृत्यकलातर्फ १० हजार रुपैयाँ राशीको सदिच्छा बालप्रतिभा पुरस्कार कान्छी तामाङ, संस्कृतितर्फ १० हजार राशीको मैयाँ बासु पन्त स्मृति पुरस्कार प्राध्यापक डा. कल्पना श्रेष्ठलाई दिइने भएको छ।

चित्रकलातर्फ तीसा श्रेष्ठ, समालोचनातर्फ ठाकुर शर्मा भण्डारी, अशक्तता तथा समाजसेवातर्फ छुल्ठिम शेर्पा र बाल साहित्यतर्फ शान्तादास मानन्धरलाई पुरस्कार दिइने भएको छ। यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ नगद छ। साउन २० गते आयोजना हुने समारोहमा पुरस्कार वितरण हुने सदस्य सचिव अन्जु पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ श्रावण २०७९ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App