२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सूर्य लाकोजूका दुई पुस्तक लोकार्पित

साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको ‘अक्षरका स्वरूप’ मुक्तकसंग्रह र ‘स्मृतिको आँखीझ्याल’बाट संस्करणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ। उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरूको हातबाट ती दुई कृतिको विमोचन गराएका हुन्।

लोकार्पण गरिएका दुई कृतिमध्ये ‘अक्षरका स्वरूप’मा विविध भाव झल्कने सय ओटा मुक्तक  सङ्गृहीत छन। चोटिला मुक्तक लेख्न सिपालु लाकोजूका यसअघि भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू र स्वर्णिम धुन गरी मुक्तकका चार पुस्तक प्रकाशित छन्।

पुस्तकमा देशप्रेम, समाजमा रहेका विकृतिविरुद्ध असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता विषय मुक्तककारले उठाएका छन्। लाकोजूको अर्को विमोचित पुस्तक स्मृतिको आँखीझ्याल  लेखकको बाल्यावस्थाको संस्मरणात्मक  निबन्ध हो।

यसमा तेह्रओटा निबन्ध सङ्गृहीत छन्। विभिन्न सन्दर्भमा लेखिएका निबन्धहरूले बाल्यकालीन याद ताजा गराउँदै त्यसबेलाको सांस्कृतिक परिवेश, जीवन पद्धति, भौगोलिक अवस्था आदिबारे जानकारी गराउँछ।

निजी अनुभूतिमा साहित्यको लेप लगाएर सामान्य पाठकले पनि बुझ्ने गरी तयार पारिएका उक्त कृति स्कुल तथा कलेजका विद्यार्थीहरू, सामान्यदेखि विशिष्ट खालका पाठक र अनुसन्धाताका लागि समेत उपयोगी हुने लेखकल बताएका छन्।

करीब तीन दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद  कथा जस्ता विधामा कलम चलाउँदै आएका छन्। लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत क्रियाशील छन्।

प्रकाशित: ६ श्रावण २०७९ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App