२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

करीना कपुर भन्छिन्: साथीहरू शान्त हुनुहोस्, म गर्भवती छैन

बलिउड अभिनेत्री करीना कपूर पछिल्लो समय फेरि गर्भवती भएको र तेस्रो पटक आमा बन्न लागेका खबरले चर्चामा छिन्  यो समाचारलाई लिएर मानिसहरूले विभिन्न खालका टिका टिप्पणी गरिरहेका छन्।

यसैबीच उनले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसले सबैको मुख बन्द गरिदिएको छ। उनले पोस्टमा लेखेकी छन्, ‘साथीहरू, यो पास्ता र वाइनको प्रभाव हो, शान्त हुनुहोस्। म गर्भवती छैन। उफ्.. सैफले भनेका छन् कि, उनले हाम्रो देशको जनसंख्याको लागि धेरै योगदान दिइसकेका छन्। आनन्द लिनुहोस्।

केही समय अगाडि करीना कपूर आफ्नो परिवारसँग छुट्टि मनाउन लन्डन गएका बेला उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। जुन तस्बिर देखेर मानिसहरूको ध्यान करीनाको पेटमा गएको थियो र उनले यसलाई लुकाइरहेकी थिइन्। यसपछि मात्रै उनी गर्भवती छिन् र तेस्रो पटक आमा बन्न लागेका हुन् भन्ने अनुमान गर्न थालेका थिए।

सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी करीना कपूरले सन् २०१६ मा छोरा तैमुर अली खानलाई जन्म दिइन्। यसपछि सन् २०२१ मा उनले दोस्रो सन्तानका रूपमा जेह अली खानलाई जन्म दिइन्। सैफ अली खानले करीना कपूरसँग दोस्रो विवाह गरेका थिए। 

प्रकाशित: ४ श्रावण २०७९ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App