१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सामन्ती

लघुकथा

बालकृष्ण गजुरेल

माधव शर्मा आफूलाई क्रान्तिकारी सोच्दथे। सुरुसुरुमा सबैले मन पराए। उनी जिल्लाकै क्रान्तिकारी नेता बने। बेलाबेला गाउँलेहरू भेला पारेर भन्थे, ‘हामी किसान र श्रमिकको लागि लड्नुपर्छ।’

नेपालको राजनीति तथा अवस्था कसैलाई भन्नै पर्दैनथ्यो। ढिलो-चाँडो कमाउने मात्र हो। जनता र विकास भाँडमा जाओस्। आफूलाई परिवर्तन गर्न नसक्नेले दुनियाँ कसरी परिवर्तन गरोस्? शब्दमा नै भए पनि उनले क्रान्तिकारी छवि १५ वर्षसम्म टिकाए।

विदेशबाट केही पाहुना आएका थिए। साथमा नेपाली दोभाषे पनि। पाहुना के घरभित्र छिरेका थिए। छोरीको प्रेमी सुसज्जित पहिरनमा भित्र छिर्‍यो। पाहुनाहरू हेरेको हेर्‍यै भए। क्रान्तिकारी छवि धमिलियो। माधव शर्मा रिसले चूर भए। उनले रिसाउँदै सोधे, ‘यो के ताल हो छोरी?’

प्रेमीतिर हेरेर मुस्कुराउँदै माधव शर्माकी छोरीले भनिन्, ‘हरेक युवा तथा युवतीका सपनामा राजकुमार र राजकुमारी आउँछन्। कहाँ श्रमिक आउँछन्?

प्रकाशित: ४ श्रावण २०७९ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App