२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

मनाइयो अन्वेषक एवं साहित्यकार यात्रीको ८९औं जन्मजयन्ती

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले विविध कार्यक्रमको बिच अन्वेषक एवं साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीको ८९औं जन्मजयन्ती मनाएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ  हलमा  यात्रीको ८९औं जन्मजयन्ती मनाइएको हो।

साहित्यकार एवं राष्टवादी चिन्तक डा.मोदनाथ प्रश्रित र आयामेली कवि एवं अनुसन्धाता वैरागी काइँलालाई  यात्री वाङमय पुरस्कार(२०७७,२०८८) तथा रश्मिदेवी अधिकारी र चुडामणि काफ्लेलाई यात्री विद्या पदक (२०७७,२०८८) समर्पण गरिएको थियो।

त्यसैगरी  ‘हिमाली सौगात’ सिक्किम साहित्य अंक र सिक्किमेली साहित्यकार गीताश्री शर्माको ‘समयका रेखाहरू’ कथासंग्रह लोकार्पण गरिएको थियो।

प्रकाशित: ४ श्रावण २०७९ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App