१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

‘चोभार ब्लुज’ कृतिको लोकार्पण

 बिक्रमभक्त जोशीको कथासङ्ग्रह कथासङ्ग्रह ‘चोभार ब्लुज’ लोकार्पण भएको भएको छ। आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।

पुस्तकका प्रकाशक तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभुभक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेका थिए। अन्य अतिथिहरूमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो।

जोशीका कथाहरूले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘कथाकार जोशी यात्रामा निस्किरहनुहुन्थ्यो। म कहिलेकाहीँ बुहारीलाई जिस्काउँथे पनि। तर उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनुभयो। उहाँ त यात्रामा त कथा टिप्न पो जानुहुँदोरहेछ।’

समारोहको सुरुवातमै वीरेन्द्र हमाल निर्देशित लघुनाटक मञ्चन गरिएको थियो। चोभार ब्लुजमै भएका कथाको नाट्य रूपान्तरण समेत विरेन्द्र हमालले नै गरेका हुन्। नाटकमा हमालका १८ जना विद्यार्थीहरूले अभिनय भरेका थिए भने चार जनाले प्राविधिक पक्षबाट सहयोग गरेका थिए।

प्रकाशित: ३२ असार २०७९ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App