२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सफलताका सूत्र’ कृति लोकार्पण

साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त रूपमा लिखित निबन्धसङ्ग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएको छ।

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनमा असार ४ गते शनिबार लोकार्पण भएको हो। उक्त कृतिको लोकार्पण प्राज्ञिक व्यक्तित्व प्राडा वासुदेव त्रिपाठी, प्रा. गोपीकृष्ण शर्मा, प्राडा भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, पूर्व सचिव शंकरप्रसाद पाण्डे र दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्त रूपमा लोकार्पण गरेका हुन्। प्राडा भागवत ढकालले कृतिको समीक्षा गरेका थिए।

जीवनदर्शनलाई लेख्य विषयवस्तु बनाइएको प्रस्तुत कृतिमा सफलताका लागि निरन्तरको परिश्रम, सङ्घर्ष, लक्ष्यप्रतिको स्पष्टता, स्वच्छ प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास लगायतका सकारात्मक तत्त्वहरूको आवश्यकता रहेको विचार व्यक्त गरिएको कुरा लेखकद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेले बताए। 

प्रकाशित: ११ असार २०७९ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App