६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

चलिचत्र ‘पानीफोटो’को टिजर रिलिज

खगेन्द्र लामिछानेद्वारा निर्देशित चलचित्र ‘पानीफोटो’को आधिकारिक टिजर सार्वजनिक भएको छ। बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक भएको हो।

टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत छन्। चलचित्रले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा पेश गरेको छ। खगेन्द्रकै पटकथा रहेको यो चलचित्रमा यसअघि नाटक पनि मञ्चन भएको थियो।

मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। चलचित्रको ट्रेलर असार २८ गते रिलिज हुने जनाइएको छ भने फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रकाशित: २ असार २०७९ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App