१९ असार २०८१ बुधबार
image/svg+xml
कला

गोधूलिले मनायो चौथो वार्षिक उत्सव

गोधूलि साहित्य प्रतिष्ठानले साधारणसभाका साथ चौथो वार्षिक उत्सव मनाएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा काठमाडौंको कमलादीमा गोधूलि साहित्य प्रतिष्ठानको चौथो वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न हो।

प्रतिष्ठानको साधारणसभाले साहित्यकार गंगा लिगलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष ललिता दोषी, कोषाध्यक्ष एलेन घिमिरे, सचिव महेश कठायत, सहसचिव मनमोहन भट्ट र सदस्यमा फुर्वा दोर्जे मोक्तान र रश्मि रिमाल रहेका छन्।

प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन भएको हो। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलेले साहित्यको प्रर्वद्धन र समाजसेवामा समर्पित व्यक्तित्वलाई गोधूलि साहित्य प्रतिष्ठानले हौस्याएको भन्दै गोधूलि साहित्य प्रतिष्ठानको प्रशंसा गरे। कार्यक्रममा जापानका लागि नेपाली राजदूत कवि डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले आफू जुनसुकै देशमा गए पनि नेपाली भाषा, कला, साहित्य र संस्कृतिका लागि खटिरहने बताए।

त्यस्तैगरी साहित्यकार लक्ष्मी उप्रेतीले कृति प्रकाशन, साहित्यिक छलफल, अनुजलाई प्रोत्साहन र अग्रजलाई सम्मान गोधूलि साहित्य प्रतिष्ठानको मुख्य कर्म बनेको भन्दै खुसी पोखिन्।

प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा समाजसेवा, कला र सिर्जनाका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अभिनन्दन तथा पुरस्कृत समेत गरेको छ। प्रतिष्ठानले ‘गोधूलि दीर्घ साहित्य–सिर्जना अभिनन्दन २०७८’ वरिष्ठ कवि डा. दुवसु क्षेत्री, ‘गोधूलि भद्रकुमारी घले आदर्श आमा पुरस्कार २०७८’ समाजसेवी पशुपति गुरुङ र ‘गोधूलि–भानुभक्त पोखरेल बालसाहित्य सम्मान २०७८’ बाल साहित्यकार निर्मला बराललाई प्रदान गरेको छ।

त्यस्तैगरी ‘गोधूलि वर्ष कृति पुरस्कार २०७८’ वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोइ’लाई प्रदान गरिएको छ। प्रतिष्ठानले ‘गोधूलि कला सम्मान २०७८’ कलाकार घनश्याम गौतम, गोधूलि सेवा सम्मान २०७८’ पवनलाल श्रेष्ठ, ‘गोधूलि समाजसेवा सम्मान २०७८’ उर्मिला विक र बिना बस्नेत र गोधूलि युवा सिर्जनशील सम्मान २०७८ भूपेन विक र रोशन बिशंखेलाई प्रदान गरेको हो।

त्यस्तैगरी ‘गोधूलि–कुमारमान मास्के स्मृति सम्मान ‘२०७८’ गणेश लकान्द्री र भाइराम खड्गी र ‘गोधूलि–चिसकुमारी गुरुङ बालप्रतिभा पुरस्कार २०७८’ बाल कलाकार प्रसन्न श्रेष्ठलाई प्रदान गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App