१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

त्रिमूति निकेतनले ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्ने

नेपाली कला, संस्कृति, भाषा–साहित्य लगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ। त्रिमूर्ति निकेतनले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको मूल्याङ्कन गर्दै वाङ्मयका विभिन्न क्षेत्रमा कुशल भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई उक्त पदक प्रदान गर्ने मंगलबार निर्णय गरेको हो।

संस्थाका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार अजरमान जोशी, अनुराधा थापा, कृष्णगोपाल श्रेष्ठ, गोपालनाथ योगी, प्रमोद प्रधान, कञ्चनजंघा प्रसाईं, मणि लोहनी, युवराज नयाँघरे, प्रमोद प्रधान, सुशीला तामाङ लगायत ५ दर्जनलाई यही जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा पदक समर्पण गरिने छ।

त्यसै दिन गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ तथा प्रा.डा. उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’ समर्पण गर्ने कार्यक्रम रहेको त्रिमूर्ति निकेतनका सदस्यसचिव प्रसाईले बताए। यसअघि २ सय २६ जना व्यक्तिहरूले पदक ग्रहण गरिसकेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App