२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

चासो

लघुकथा

लता केसी

चुनावी वातावरण थियो। चोकचोकमा भाषण  र गफ गर्नेहरूको भिड बढेको थियो। चिया पसलमा चिया पिइरहेको एउटा साथीले भन्यो, ‘त्यही दललाई मत दिनुपर्छ, यार! केही नभएको हाम्रो गाउँमा कम्तीमा एउटा भ्यूटावर त बन्यो।’

अर्काले थप्यो, ‘होहो यार, अब प्राकृतिक दृश्यमा रम्नुपर्छ। पर्यटक भित्रिनेछन्। होटेल र लज व्यवसाय खोल्नुपर्छ। हाम्रा नि रोजगारी पक्कै खुल्नेछन्।’

तेस्रो साथी रन्थनियो,‘तँ चै कलम चलाएस्,  साहित्यकार बनेस् अनि ऊ चै व्यापारी गाँस–बास एकातिर, भ्यूटावर अर्कातिर भन्दै ऊ हिंड्न लागेको थियो, भित्रबाट आवाज आयो, ‘ऐया बा, मरे नि!’

साहुनी र ऊ हतारहतार भित्र पसे। बालखा छोरो भोकले आत्तिएर कराएको सुनेर दुई झापड उसको गालामा कसिन्। बुबा चैं झोला बोकेर हिंडे। उधारो कसैले पत्याएनन् भन्दै एकछिनमा रित्तै फर्किए। छोरो भोक सहन नसकी लड्यो। टाउकोबाट रगत बगिरह्यो। पसल बन्द गरेर  हत्त न पत्त अस्पताल लगे। न त डाक्टर न त दवाई!

एकछिनमा छोराको नाममा यता राम नाम सत्यको गीत गाएको सुनियो। उता नेताहरू भने ठूला र चर्को स्वरले आश्वासन फ्याल्दै थिए ,‘आफ्नो मतको सदुपयोग गर्नुस्। हामी यो क्षेत्रमा विकास र समृद्धि ल्याउनेछौं।’

प्रकाशित: १८ चैत्र २०७८ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App