२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कवितामा नयाँ आयाम साइनो

साइनो

छायादत्त न्यौपाने बगर

साइनो नेपाली मनमाटाको नयाँ शैलीको कविता हो। यो क्रमशः सात,आठ,नौ अक्षरका तीन पंक्तिको चौबिस अक्षरी पूर्ण संरचना हो। यी तीन पंक्ति तराई,पहाड र हिमालका प्रतीक हुन्। सात अक्षर सात वार, आठ अक्षर आठ दिशा र नौ अक्षर नवरसका सूचक हुन्।

साइनो पूर्ण रूपले नेपाली संस्कृति झल्काउने मौलिक कविता हो। यसको थालनी नेपाली भाषामा नेपालबाट २०७६/०४/१६ मा भएको हो। अहिले साइनो विश्वका ८/१०भाषामा ४२ सय स्रष्टाले लेखिरहेका छन्। यो छोटो अवधिमा थुप्रै छापा र अनलाइन पत्रपत्रिकाले छापिरहेका छन् भने निजी र सामूहिक गरी १० वटा पुस्तक प्रकाशित भइसकेका छन्। हेरौं केही रचना–

१) साइनो

नीरले खोज्छ चर

जुटले बन्छ नि घर

गुटफुट भो डरै डर!

२) साइनो

गर्नुपर्ने हो काम

गरे प्रशस्त भाषण

बाल्छु भन्थे निभाए बत्ती!

३) साइनो

कर लियो घँसियो

देश आश्रित बनायो

इतिहास च्यात्यो रमायो!

४) साइनो

सिङ नाप्दैन ज्ञान

पिङ छुँदैन आकाश

रङ पछ्याउँछ प्रकाश!

५) साइनो

गजब छ प्रवृत्ति

आमा ढाँटे नि सजिलै

स्वघोषित बहादुर म?

६)साइनो

खोजौं मिलन विन्दु

भत्काऊँ स्वार्थी पर्खाल

जुटे पो बन्छ नि नेपाल!

 ७) साइनो

बिर्से उज्यालो बाल्न

अँध्यारै छ रमाइलो

मुस्कुराउँछ व्यक्तिवाद!

८) साइनो

नफक्रेको विवेक

अस्तव्यस्त गतिविधि

स्वार्थी खेल घाइते देश!

 ९)साइनो

बलशाली समय

विलासप्रेमी नेतृत्व

चेतना खुम्च्याए जनता?

१०) साइनो

दोषी छ रे समय

दिनहुँ फेरिन्छ मान्छे

हेरौं आफ्नै जीवन शैली!

११) साइनो

लागिरहन्छ भोक

थुप्रो छ निजी चाहको

खै कता छ कर्तव्यबोध?

 १२) साइनो

फक्रियो सिर्जना थुँगा

नेपाली नवपालुवा

नयाँ यत्न नयाँ छ चेत!

१३) साइनो

पर पुग्यो गन्तव्य

कठिन बन्दै छ यात्रा

नथाकी हिंडौं हामीसँग।

प्रकाशित: ९ चैत्र २०७८ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App