१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दुई दशकपछि गायक समुन्द्र श्रेष्ठको कमब्याक

बहुचर्चित गीत ‘साँझैमा ए गोरी आउन’ बोलका गायक समुन्द्र श्रेष्ठले दुई दशकपछि नेपाली संगीत जगतमा कमब्याक गरेका छन्। समुन्द्र श्रेष्ठको स्वर रहेको ‘ऐय्या हो’ बोलको म्यूजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यनलबाट फागुन २० गते सार्वजनिक भएको हो।

गीतमा शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने संगीत संयोजन सुदिप सिंहले गरेका छन्। सिंहकै निर्देशन रहेको यस गीतको भिडियोमा जोहेब शाह र स्विन्जा सिन्जुको अभिनय हेर्न सकिन्छ। प्रदीप जोशीको ध्वनि मुद्रण तथा मिश्रण रहेको उक्त गीतमा छायांकन र सम्पादन फराज अर्पणको रहेको छ।  

सांगीतिक यात्रा

२०४९ सालतिर गायक समुन्द्र श्रेष्ठले अजर अमात्य, पवन शाक्य, निरज अमात्य र सुरेन्द्र रंजितलाई साथमा लिई स्न्याप ब्याण्डको स्थापना गरेका थिए। सो पश्चात् २०५२ सालतिर स्प्रीट बेन्डमा परिणत हुँदा ब्याण्डका सदस्यहरु पनि फेरबदल भए। रोबिन शाही र बिजु श्रेष्ठ त्यही रहेपनि अजर, निरज र सुरेन्द्रको साथ भने पाउन सकेनन्। स्प्रीट ब्याण्ड भएपछि सोनिया नामको म्यूजिक एल्बम निकालियो। निर्देशक स्वर्गीय आलोक नेवाङ्गको सल्लाह अनुसार ‘साँझैमा ए गोरी आउन’ गितको भिडियो बनायो। जुन गीतले आजसम्म पनि दर्शक तथा श्रोताको माया पाइनै रहेको छ।  

समय बित्दै गयो, दर्शक तथा श्रोताहरुको प्रतिकृया पनि थाहा नपाउँदा सबैमा संगीत प्रति रुची घटदै गयो। ब्याण्डका सदस्य सबैले संगीतमा लाग्नु समयको बरबादी मात्र ठाने। म्यूजिकमा करिअर बनाउन गाह्रै हुन्छ भन्ने लागेर सबैजना अन्यत्रै लागे। सांगीतिक क्षेत्रमा भविष्य छैन भन्ने बोध हुँदाहुँदै पनि यो क्षेत्रलाई चटक्कै छोडेर जान नसकेको गायक श्रेष्ठ बताउँछन्।

व्यवसायसँगै गीत संगीतलाई पनि निरन्तरता दिने सोचका साथ नयाँ म्यूजिक भिडियो दर्शक श्रोतासामु ल्याएको उनको भनाइ छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App