किशोर केसी
हात थापिरहेथ्यो एउटा मान्छे एकान्तमा। ऊ थाप्न चाहन्थ्यो धेरै वस्तु। ईश्वरबाट चाहन्थ्यो तथास्तु। पूजा गर्थ्यो, पुकारा गर्थ्यो। साधना–आराधना गर्थ्यो। पछिसम्म नपाएपछि उसको चेत खुल्यो–माग्नेको अर्को नाम मान्छे हो।
उसलाई अझै शंकै थियो, ‘दिनेको नाम दिनानाथ’ मा। तैपनि अनाथहरूलाई अनाथालय, वृद्धहरूलाई वृद्धाश्रम बनाइदियो र असहायहरूलाई अस्पताल खोलिदियो। त्यसपछि धेरैले उतिर इंगित गरेर भन्न थाले, ‘हाम्रो भगवान् उहाँ नै हो।’
प्रकाशित: १५ फाल्गुन २०७८ ०६:३० आइतबार