२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

प्रेम दिवस

कविता

गंगा आचार्य सापकोटा

तिमी आतुर छौ

गुलाबको सहारा

प्रेमालिङ्गनमा बाँधिन

क्षणिक उत्सवका लागि

मधुर शब्द होमेर

उरन्ठेउलो गन्ध उमार्न

मुटुका स्पन्दनबाट अंकुरित प्रेमबीज

जरैदेखि उखेलेर

निमेषमै पलायन हुन

म चाहन्छु अर्कातिर

तिम्रो मुस्कानको मादकतामा

मगमगाएको सौन्दर्य सुवासलाई

रसिलो सौगातले अभिषेक गर्न

भावनाको भेलमा चुर्लुम्म डुबेर

हृदयका अनन्त तार स्पर्श गर्ने

अनुभूतिका रागिनी उमार्न

मनको पिंधबाट माया फैलाएर

सिंगो जीवनलाई सद्भावको घुम्टो ओढाउन

विश्वासको कुण्डमा छलाङ मार्दै  

आस्थालाई अग्लो शिखरमा पुर्‍याउन

तिम्रो–मेरो बुझाइ

धर्ती र गगनजस्तै छ

नआऊ भो प्रेम दिवस तिमी

अशोभनीय गुलाब बोकेर।

प्रकाशित: २ फाल्गुन २०७८ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App