१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको 'वरदान' सार्वजनिक

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म 'वरदानु बिहीबार दर्शकमाझ आएको छ। दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित 'वरदान' गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो। शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ।

२०७६ सालको 'जायरा'पछि नम्रताले अभिनय गरेको फिल्म यही 'वरदान' ह । विषयवस्तु चित्त बुझेर आफूले यस फिल्ममा काम गरेको नम्रता बताउँछिन्। आत्महत्या रोकथामको विषयलाई उठाएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश पनि दिन्छ।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको छ। आत्महत्या दर घटाउनका लागि सरोकारवाला सरकारी निकायहरु र विभिन्न संस्थाले थुप्रै कार्यक्रम आयोजना गर्दै आएका छन्। यस्तो अवस्थामा 'वरदान' फिल्म बन्नुलाई नम्रता निकै नै सकारात्मक पक्ष मान्छिन। 'डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु' नम्रताले भनिन्, 'समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरुलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ।'

कोभिड-१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू 'वरदानुको कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए। लकडाउनकै कारण फिल्म' दुई नम्बरीुको सुटिङ रोकेर बसेका लामाले भने,'अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन्। नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो। र, वरदानको कामलाई अगाडि बढाएँ।'

दुईजनाको मात्र जीवन जोगाउन सकेँ भने पनि त्यसलाई आफ्नो कामको सफलता ठान्ने पक्षमा उनी छन्। आफ्नो उद्देश्यमा सघाउन तयार भइदिएकामा उनी फिल्मका कलाकार, प्राविधिक र निर्माण कम्पनी शुभ मिडिया होमप्रति आभार व्यक्त गर्छन् ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङ राई यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाउँछन् । नम्रताको उपस्थितिले फिल्मको सन्देशलाई अझ गम्भीर र प्रभावकारी बनाएको उनी तर्क गर्छन्। 'फिल्ममा नम्रताको नै केन्द्रिय भूमिका छ, उनलाई सघाउन पाएकोमा म खुसी छु' दयाहाङले भने।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको 'वरदानुमा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन्।

प्रकाशित: २७ माघ २०७८ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App