२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

माल पुरानै हो मात्र मोल फेरिएको हो

गजल

कर्ण दयाल

 

भित्र त पुरानै हो खोल फेरिएको हो,

व्यवहार उही छ बोल फेरिएको हो।

 

एकै थालमा सँगै भात खाउँला भनेर,

हिजो गरिएको कबोल फेरिएको हो।

 

बिजुली बल्दैन अचेल गरीब वस्तीमा,

थाह छैन र त्यहाँ पोल फेरिएको हो।

 

किन आउँछौ उसलाई भेट्न गाउँमा,

उसको त शहरतिर टोल फेरिएको हो।

 

किन बिना अर्थ भ्रममा पर्छौ ब्राण्डमा,

माल पुरानै हो मात्र मोल फेरिएको हो।

प्रकाशित: २१ माघ २०७८ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App