शान्ति सापकोटा
तुसारोको पसारो
सिरेटोको झटारो
खायो चिसो पानीले
मुख धुँदा सानीले।
जाडो कति सारो हो
आच्छुआच्छु गाह्रो भो
लुगा फाल्ने बानीले
दुख पाइन् सानीले।
लौ न आगो फुकूँ कि
सिरकैमा लुकूँ कि
झट्पट् गर्ने बानीले
दाउरा ल्याइन् सानीले।
आगो बाल्दा चुलोमा
मुसा भाग्यो दुलोमा
तातोतातो पानीले
जाडो फालिन् सानीले।
प्रकाशित: २० माघ २०७८ ०९:०८ बिहीबार