१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

पलपल तिम्रै सम्झनामा रुने बानी पर्‍यो

गजल

कीर्ति चाम्लिङ

पलपल तिम्रै सम्झनामा रुने बानी पर्‍यो,

आँसुले नै पूरै शरीर धुने बानी पर्‍यो।

अरू केही छैन साथ, यादहरू आउँदा,

कोल्टे फेरी–फेरी तस्वीर छुने बानी पर्‍यो।

एक्लै–एक्लै एकान्तमा भुल्छु आजभोलि,

विरहको गीत मात्रै सुन्ने बानी पर्‍यो।

यता पनि एक्लो लाग्छ उता पनि एक्लो,

सबै भुली नसाको साथ हुने बानी पर्‍यो।

प्रकाशित: २४ पुस २०७८ ०४:३७ शनिबार

अक्षर