५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज

धनगढीका कलाकार मनोज चन्द आफ्नो हस्तलेखन कला देखाएरै देश दर्शन गरिरहेका छन्। हातले लेख्ने कलाकै कारण चन्दले अहिलेसम्म नेपालको ७५ जिल्ला घुमिसकेको बताउँछन्।

चन्दले एउटा हातमा तीनओटा कलम समाएर एकै चोटि लेख्न सक्छन्। मुखमा कल समाएर पनि लेख्न सक्छन्। दाहिने हातले पनि लेख्न सक्छन् र देब्रे हातले पनि। उल्टो र सुल्टो दुवै एक साथ लेख्न सक्छन् दुवै हातबाट। कलाकार चन्द कुइनाले कलम समातेर पनि लेख्न सक्छन् भने खुट्टाले कलम समातेर पनि लेख्न सक्छन्।

विद्यार्थीका बिचमा पुगेर चन्दले आफ्नो कला देखाउँदै हरेक व्यक्तिमा प्रतिभा हुने गरेको र आफ्नो प्रतिभाको पहिचान गरेर आफूले आफूलाई चिनाउन सक्ने भन्दै प्रोत्साहन दिने गरेका छन्। 

अंग्रेजी र नेपालीमा उल्टो र सुल्टो अत्यन्त तीव्र गतिमा राम्रोसँग बुझिने अक्षरमा सजिलै लेख्न सक्ने प्रतिभा भएकोले आफूले यसलाई प्रदर्शन गर्दै २५ देश ३ हजार ६०० भन्दा बढी विद्यालयमा लाखौँ विद्यार्थीको बिचमा पुगिसकेको बताउँदै चन्दले खुट्टाले लेख्नुबाहेक बाँकी सबै प्रकारको हस्तलेखन कलाले शुक्रवार रौतहटका विभिन्न विद्यालयमा मुग्ध पारेका छन्।

 विद्यालय र क्याम्पसमा आफ्नो कलाको प्रदर्शन गर्दै विद्यार्थीहरुसित पाँच दश रुपैया प्राप्त गरेर देश दर्शन गरिरहेको चन्द बताउँछन्। 

प्रकाशित: २ पुस २०७८ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App