२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

विजयराज आचार्यका चार कृति एकैसाथ सार्वजनिक

आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अंग्रेजी भाषामा अनूदित चार कृति चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य पार्ट टु , द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँजको एकैसाथ सार्वजनिक गरिएको छ।

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले  एकैसाथ ती कृतिहरूको विमोचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि ऋषि केसीले यस्ता बालसाहित्यका कृतिहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा  महत्त्वपूर्ण योगदान दिने बताए। बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले हामी लेखक होइन, स्रष्टा बन्न अग्रसर हुनुपर्ने बताए।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ती कृतिहरूबारे अनुवादक स्वर्णिम लम्साल र आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुनकुमार ढकालले समीक्षा गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७८ ०६:०९ शनिबार

अक्षर