अनुग्रह राना मगर पुष्प
धने र मने दुवैको एकैदिन साप्ताहिक विदा परेकाले घुम्न जाने निधो गरे। कोठाबाट निस्के। मुख्य शहरमा पुगे। त्यहाँ एउटा बडेमानको सपिङ महल थियो। साइडबाट जानुपर्ने रहेछ। दुवै जना केही किन्न भनेर त्यतैतिर लागे।
महलको कुनामा एकजना एउटा थाल लिएर बसिरहेको थियो।
धनेले भन्यो, ‘ओई हेर न, त्यहाँ पागल रहेछ। यसो केही दिऊँ न?’
‘के दिने यार!’ मनेले भन्यो।
‘पैसा।’ धनेले भन्यो।
‘खै यार, मसँग त छैन। बरु तँसँगै होला देन।’
धनेले गोजीतिर हात लगायो। आरएम दस निकाल्यो।
मनेले हेरिरहेको थियो। हट् यार, यो त भरै होटलमा एक ट्वाक लाउनुहुन्छ। खै ले यार भनेर धनेको हातबाट थुत्यो।
हैन लेन यार, कति दिनदेखि बिचराले खान पाछैन होला। दिऊँ भनेर धनेले भन्यो तर मनेले पैसा लिएर निकै पर पुगिसकेको थियो।
फेरि धनेले अर्को गोजीमा हात हाल्यो र आरएम पाँच निकालेर थालमा राखेर बाटो लागे।
– कस्तो यार मने तँ? एउटा केही काम गर्न नसकेर बसेकालाई दिन आँटेको पैसा पनि लिएर हिँडिस् है?
‘ए बाबा, त्यस्तरी भिखारीलाई दिँदै हिँड्ने हो भने त दिनभरिमा हजारले पनि पुग्दैन भने त्यस्ता भिखारी कति छन् कति?’ मनेले भने।
‘ए हो लल हिँड्, अबेर पनि भयो। यसो होटेलतिर गएर चिसोसिसो पिएर बाटो लाग्नुपर्छ।’ धनेले भन्यो।
‘होहो यार, यहाँ बियरको प्यास लागेर कस्तो भइसक्यो।’ मनेको हत्तार।
–ल जाम्।
–जाम।
दुवै बाटो लागे। होटेलको नजिकै पुग्न आँटेको के थियो। फकाउँदै मनेले भन्यो–मलाई आरएम पचास दे है?
–किन नि?
–खा’को पैसा तिर्नु परेन त।
–ओहो महाशय, हिजो त तँ हिँड् मात्रै न केके खुवाउँछु भन्थिस् त?
–होइन मसँग भएको भए भिखारीलाई दिएको आरएम दस म खोस्थेँ होला त?
प्रकाशित: १८ मंसिर २०७८ ०८:४७ शनिबार