१७ असार २०८१ सोमबार
image/svg+xml
कला

नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैँ लाग्यो' बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाइने भएको छ।

सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको 'नजर झुकेझैँ लाग्यो' बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ।

राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया र अथाह स्नेह पाउने अपेक्षा पनि गरिएको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App