२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

उपन्यासकार कटुवालको ‘फेरि अर्को बिहानी’ विमोचित

उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ आख्यानकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरेले संयुक्त रूपमा विमोचन गरेका छन्।

कार्यक्रममा मन्तव्य दिँदै साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार भई निरपेक्ष भई सिर्जना गर्न सके लेखन प्रभावशाली हुने उल्लेख गर्दै साहित्यमा लाग्ने हो भने लेखकले लोभ गर्न नहुनेमा जोड दिए।

निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताए। उनले भने, द्वन्द्वलाई अत्यन्तै कलात्मक रूपमा लेखिएको यो उपन्यास नेपाली समाजको पीडालाई उतार्न सक्षम छ।

पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराम पाण्डेले आफ्नो विचार राखेका थिए।

उपन्यासकार कटुवालको यस अघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित भइसकेका छन्। नेपाली औपन्यासिक संसारमा कटुवालको लेखकीय उपस्थिति महत्वपूर्ण हुने विश्वास देखा परेको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App