२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बोकेर पिरती मुटुभरि

गीत

प्रतिमा तामाङ

केटी – दैवले जुरायो यति टाढा भएर पनि, सधैं नजिक हुने गरी,

मित्रता बढ्यो हाम्रो यहाँ, भुलेर भुल्न नसकिने गरी।

केटा – हाँसेर नै खुसीसाथ बाँचेका छौं, बोकेर पिरती मुटुभरि,

बल्ल भेट भयो हाम्रो प्रेम भयो, कहिले नहोस् कमजोरी।

केटी – तिमी पारि छ्यौ  म वारि छु, सिमाना छ खोला,

वारि –पारि  साँघु तर्दै भर्नुपर्छ, हामीले पिरतीको झोला।

केटा – मेरो उमेर सोधेर,नाम र ठेगाना खोजेर,

हरेक प्रश्नोत्तर गर्दै बुझ्न खोज्यौ,मेरो मन रोजेर।

केटी – खोल्दै छु मनको गाँठो,फैलाइदिन्छु अगाडि बढेर,

पीडित नबनौं हाम्रो मायाले,मलाई नै तिमीमा पोखेर।

केटा – विश्वास तिम्रो मलाई, मेरो विश्वास तिमीलाई यहाँ,

दुख–सुख सेयर गर्दै मिलेर,बसेका छौं हामी सहारामा।

प्रकाशित: ८ कार्तिक २०७८ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App