२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

वरिष्ठ

कविता

दुईचार वटा कविता लेख्यो

वाह–वाह पायो  

उस्लाई वरिष्ठ कवि भन्दिए !

दुईचार वटा गीत गायो

आहाआहा पायो

उस्लाई वरिष्ठ गायक भन्दिए

हर कोही वरिष्ठ भएको छ हिजोआज!

वरिष्ठ संगीतकार

वरिष्ठ पत्रकार

वरिष्ठ नायक

आदिआदि

अनि वरिष्ठ नेता  

सबै वरिष्ठ !  

नेपाली शब्दकोशमा भेटिने

म एउटा शब्द वरिष्ठ

मेरो नाम सस्तो भएको छ आजकाल !

अब त वरिष्ठ चोर

अनि

वरिष्ठ डाँका भन्न मात्र बाँकी छ !

    निदरल्यान्ड्स्

प्रकाशित: ११ आश्विन २०७८ ०४:०३ सोमबार

अक्षर