२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सखी प्रतिष्ठानबाट सम्मान र तीज कार्यक्रम सम्पन्न

सखी प्रतिष्ठानले ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद्  एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सप्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगको सूचना आयुक्त मा. कमला ओली रहेका थिए।

कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली, समाजसेवीहरू माला खरेल, सङ्गीता शर्मा, पत्रकार संगीता सारथी, साहित्यकार नीता श्रेष्ठ आदिको उपस्थिति थियो।

संस्थाका उपाध्यक्ष कमला रिसालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन महासचिव एल्सा झाले गरेकी थिइन्। कार्यक्रममा सम्मानित एवं प्रसिद्ध गायिका टीका प्रसाईंले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन् भने सहभागीहरूले सामुहिक गीत र नृत्यहरू प्रस्तुत गरेका थिए।

प्रकाशित: २१ भाद्र २०७८ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App