१३ असार २०८१ बिहीबार
image/svg+xml
कला

राईको कविता संग्रह ‘गमला’ विमोचन

खोटाङका कवि चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ विमोचन गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी कवि राईको कविता संग्रह शनिबार सोही नगरपालिकाका मेयर इवन राईले विमोचन गरेका हुन्।

२०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माईली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन्। नगरपालिकाको आर्थिक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशन गरिएको गमलामा ३३ वटा कविता समेटिएका छन्। गमलामा वियोगान्तसहित विभिन्न रसका कविता पढ्न सकिने कवि मनकुमार राई (अकेला यात्री)ले समिक्षा गरे। कवि राई राजनीतिकर्मी पनि हुन्।

कार्यक्रममा मेयर राईले साहित्यिक स्रष्टा र सृजनाको विकासमा नगरपालिकाले सदैव कदर र सहयोग गर्ने बताए। विमोचन कार्यक्रम अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

कार्यक्रममा कांग्रेसका जिल्ला कार्य समिति सदस्य चक्रकुमार राई, जनता समाजवादी पार्टीका नगरपालिका अध्यक्ष मबिन्द्र राई लगायतको उपस्थिति थियो।

प्रकाशित: १३ भाद्र २०७८ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App