२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लेख्छु भाग्यरेखा

गीत

रमेशजंग सिजापति

 

आफ्नो भाग्यरेखा आफैं लेख्छु  कर्म  र धर्मले,

जस्तो जीवन  होला  भोग्दछु आज  म त मर्मले।

दुःख  नगरी  त  सुख  हुन्न  बुझ्छु   मूल भाव,  

सुख  दुःख  मिलाउने  मीठो  अलाप्छु  राग।

 

मिलाउन   गाह्रो   सुर – ताल  रहेछ  जीवनको,  

सार्थक  पार्न एक मन्त्र  जप्छु श्री भगवानको।

कर्म र धर्मले  नै  लेख्नुछ  आफ्नो  भाग्यरेखा,

भगवान् गर्नु होला भोलि जसको लेखाजोखा।

 

दुःख –सुख आफ्नै  कामकाजले छ जगजाहेर,  

कहाँ  मिल्छ  त्यसै  कर्म विना  सुख त चाहेर।  

जीवन  मीठो   कर्म धर्मले  राख्छु  मूल  भाव,

मिलेदेखि  त सुर  र ताल अलाप्थे  सुखी  राग।

प्रकाशित: ३१ श्रावण २०७८ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App